शुक्रबार, बैशाख १४, २०८१

जुवातास खेलिरहेको अवस्थामा नगद ५ लाख सहित २९ जना पक्राउ

काठमाडौं फागुन १७,
प्रहरी वृत्त कालिमाटीले काठमाडौं महानगरपालिका वडा न १४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीक अनुसार सोही महानगरपालिका वडा न १२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई नगद ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी प्रहरी वृत्त गौशालाले काठमाडौं, महानगरपालिका ९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका ७ मित्रपार्क बस्ने ३६ वर्षीय जित नारायण श्रेष्ठसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको जनाउँदै आवश्यक अनुसन्धान भइरहेको जनाएके छ ।