शुक्रबार, चैत्र १६, २०८०

आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि आचारसंहिता लागू

 काठमाडौं फागुन १७,
निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आज देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता जारी गरेको छ।

निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको हो। उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड(७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ।

संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुने आयोगले जनाएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन आचार संहिता संघ र प्रदेशका मन्त्री, सरकारकी कर्मचारी, सुरक्षा निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्थालाई आचारसंहिता लागू हुनेछ। उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल, सञ्चार माध्यमका हकमा पनि आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।