शनिबार, बैशाख ८, २०८१

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक राष्ट्रपतिको र उपराष्ट्रपतिको निर्वाचन पछिमात्र

काठमाडौं फागुन १७,
प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।


सङ्घीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।  त्यस्तै जारी सूचनामा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण भएको जानकारी उल्लेख गरिएको छ।