आइतवार, बैशाख १६, २०८१

म.प.बैठक: सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सूचारु गर्ने सरकारको निर्णय

काठमाडौं फागुन १३,
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सूचारु गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री शर्माले प्रस्तुत निर्णय कार्यान्वयन गर्दा कर्मचारीलाई सट्टा बिदा दिने निर्णयसंगै कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सवालमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय भएको बताउनुभयोे ।

त्यस्तै उहाँले बैठकले नेपालको संविधानको धारा ५३ एवम् सुशासन [व्यवस्थापन तथा सञ्चालन] ऐन २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्टपतिसमक्ष पेश गर्ने निर्णसंगै संवैधानिक परिषद् [काम, कर्तव्य, अधिकार र कार्यविधि] सम्बन्धी [पहिलो संशोधन] ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति निर्णय, विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय र राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार ९पहिलो संशोधन० विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

 त्यस्तै बैठकले , चालु आवको लागि गहुँचको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ निर्धारण गर्ने, दक्षिण सुडानमा हुने फम्र्ड पुलिस यूनिटको मेडल परेड कार्यक्रम सहागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन र चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसीप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षातर्फबा सचिव रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।