आइतवार, बैशाख १६, २०८१

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

काठमाडौं फागुन १३,
फागुन २५ मा मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि हुने निर्वाचनका लागि शनिबार संसद्कै ल्होत्से भवनमा उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले शनिबार १० बजेदेखि अपराह्न ३ बजेसम्म निर्धारण गरिएको छ।  त्यस्तै आयोगले प्रकाशित निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची आजै ४ बजेसम्म सार्वजनिक हुनेछ । दलहरूले उम्मेदवार कसलाई बनाउने भन्ने अझै यकिन हुन बाँकी छ।

शुक्रबार बेलुका मात्रै कांग्रेस, माओवादी, नेकपा एसलगायत ८ दलले राष्ट्रपतिमा कांग्रेसका साझा उम्मेदवार उठाउने सहमति गरेसंगै राष्ट्रपति निर्वाचनको मनोनयन दर्तामा कांग्रेस र एमालेलेको तर्फबाट उम्मेदवार रहने सम्भावना देखिएको छ ।

यसैवीच आज बस्ने काँग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाउनेछ । यद्यपी स्रोतबाट प्राप्त जानकारी अनुसार कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल वा कृष्ण प्रसाद सिटौलालइ उम्मेदवार बनाउने प्रवल सम्भावना रहेकोछ ।  संघीय ससद र प्रदेशसभाका सदस्य मतदाता रहने राष्ट्रपति निर्वाचनमा लागि निर्वाचनको अन्तिम मतदाताको नामावली समेत सार्वजनिक भइसकेको छ ।

साथै यसवीचमा उम्मेदवारको विरोधमा आइतबारसम्म उजुरी दिन सकिने यदि उजुरी परेमा सोमबार जाँचबुझ गरी त्यही दिन नाम सार्वजनिक गरिने आयोगले जनाएको छ।