शनिबार, बैशाख १५, २०८१

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

 काठमाडौ फागुन ९,
प्रधानमन्त्री प्रचण्डले आज भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज भएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेसंगै क्रिकेट खेलाडीलाई बधाई दिनुभएको हो ।

 प्रधानमन्त्री प्रचण्डले आफ्नो सामाजिक सञ्जालमार्फत दिनुभएको शुभकामना सन्देशमा आइसिसी क्रिकेट विश्वकप लिगमा रोमाञ्चक जित हात पारेकामा बधाई दिदै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नु भएकोछ ।