शुक्रबार, बैशाख ७, २०८१

गुण एयरलाइन्सले केहि समय पछिनै एटिआर जहाज मार्फत उडान सञ्चालन गर्ने

पाँच वटै जेट स्ट्रीम जहाज बेच्दै गुण एयरलाइन्स

काठमाडौ फागुन १०,
गुण एयरलाइन्सले आफूसङ्ग भएको मध्य पाँच वटा जेट स्ट्रीम जहाज बिक्रि गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउँदै एयरलाइन्सले गत हप्ता देखिनै जेट्स्ट्रीम जहाजको उडान संचालन रोकेको जनाएको छ।  त्यस्तै आगामी हप्ता देखि गुणले आफ्नो बीच १९०० जहाजद्वारा उडान शुरु गर्ने जनाएको छ ।

यसवीचमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण द्वारा दिइएको निर्देशन एवम सुझाव अनुरुप आफुहरुले उडान सुचारु गर्ने तयारी थालिएको जनाउँदै गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले एयरलाइन्सले सदैव नागरिक उड्डयन प्राधिकरणको नीति र नियमको सम्मान गर्दै हवाइ उडानको सुरक्षाको सम्पुर्ण प्रत्याभुती सहित उडान भर्दै गुणस्तरिय सेवा प्रवाह गर्दै आइरहेको र आफ्नो प्रतिबद्धता प्रति सदैव चिन्तनशील रहेको बजार प्रमुख थापाले बताए।

त्यस्ते उहाँले नागरिक उड्डयन प्राधिकरणले दिएको निर्देशन अनुसार नै उडान सन्चलान गर्ने तयारी अनुसार अघि बढी सकेका छौ, पछिल्लो समय  केही अनलाइन एवम छापामा आएको समाचारमा उल्लेख भएको जस्तो एयरलाइन्समा तलब भुक्तानीका समस्या नभएको बताउँदै अबको केहि समयपछिनै एटिआर या अन्य यस्तै जहाज मार्फत उडान सन्चालनको प्रक्रिया शुरु हुने बताउनुभयो ।

्र गुण एयरलाइन्सले हाल काठमाडौ -पोखरा- भरतपुर- भैरहवा -तुम्लिङटार-सिमरा -बिराटनगर- नेपालगन्ज जनकपुरका साथै माउन्टेन फ्लाइट गर्दैआएकेछ । साथै गुणले पोखराबाट नेपालगन्ज -भरतपुर र भैरहवामा समेत उडान भर्दै आएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031