सोमवार, बैशाख २४, २०८१

उपराष्ट्रपतिमा जसपाको दाबी

काठमाडौँ फागुन ८,
जनता समाजवादी पार्टी[जसपा]नेपालले पार्टीको विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको सो पार्टीको कार्यकारिणी समितिको बैठकले अहिलेको परिस्थितिमा राष्ट्रपति र उपराष्ट्रपति सहमतिमै चयन हुनपर्ने र उपराष्ट्रपतिमा जसपाले आफ्नै दाबी कायम राख्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान एवमे सत्तासाझेदार दल एमालेको आफ्नो पार्टीको व्यक्तिलाइ राष्ट्रपति बनाउँनुपर्ने जोडबलका कारण राष्ट्रपतिको विषयमा नै सत्ता गठबन्धनले कुनै निचोड पहिल्याउँन नसकिरहेको अवस्थाकावीच जसपाले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिए राष्ट्रपतिमा सघाउन सक्ने संकेत सहित अघि बढ्नु पर्ने बैठकमा वोल्ने अधिकास सदस्यको भनाइरहेको बुझिएको छ।

 त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले वेलावखत सत्तापक्षले राष्ट्रपतिको उम्मेदवार जसलाई बनाए पनि आफ्ना्े दललाइ उपराष्ट्पति दिनुपर्ने बताउँदै आएका छन्।