शुक्रबार, बैशाख २१, २०८१

गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गर्ने इञ्जिनियर र सव इञ्जिनियर विरुद्ध मुद्दा दायर

काठमाडौं फागुन ८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र तत्कालीन सव९ इञ्जिनियर नविन कुमार विसीले आपसी मिलेमतोमा स्थानीय निगालपानी रेग बगौरा सडक निर्माण योजनाको निर्धारित शर्त र मापदण्डविपरीत बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा निजहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सो परियोजनामा अनियमितता गर्नेमा तत्कालीन इञ्जिनीयर दाहाल र तत्कालीन सवइञ्जिनीयर विसीको संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको ठहर सहित उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाहीको माग सहित मुद्धा दायर गरेको जानकारी दिनुभयो ।