शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लक्षित हुँदै आयोगले गर्यो निर्वाचन अधिकृतको कार्यालय स्थापना

फागुन १३ गते राष्ट्रपति पदका उम्मेदवार मनोनयन,  १६ गते  उम्मेदवारको अन्तिम नामावली प्रकाशन, फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान  

काठमाडौं फागुन ८,
फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले बानेश्वरस्थित संसद भवन परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय सोमबार स्थापना गरेको छ । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयको आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्नुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमसख आयुक्त थपलियाले निर्वाचनका लागि पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी निर्वाचनमा मतभार कायम गरिएको जानकारी दिदै निर्वाचन प्रयोजनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने बताउनुभयो ।

 यअघि आयोगले गत माघ १६ गते राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार फागुन २५ गते राष्ट्रपति निर्वाचन र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

त्यस्तै  फागुन १३ गते राष्ट्रपति पदका उम्मेदवार मनोनयन १४ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने र १५ गते साँझसम्म उजुरीमा छानबिन गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशनसंगै फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुने छ ।

स्मरण रहोस , वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपतिदुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ७९ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुने प्रवक्ता पौडेल जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031