आइतवार, बैशाख २३, २०८१

सत्ता गठबन्धन : ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

 काठमाडौ माघ २६,
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएसंगै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि आज बस्ने भनिएको नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । बैठक स्थगित भएपनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भने लामै छलफल भएको बुझिएकोछ।

 यसवीचमा रास्वपा सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले आफ्नो ‘सहमतीय राष्ट्रपति’को अडान कायमनै राखेसंगै संयन्त्रको बैठक बस्न नसकेको अवस्थामा आज फेरि नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग केन्द्रीय सरकारले सम्बोधन नगरेको भन्दै प्रदेश सरकारलाइ विस्वासको मत नदिएका कारण सरकारढलेपछि ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रभावित भएको हो ।

अर्को बैठकको मिति भने प्रधानमन्त्री प्रचण्ड र ओलीबीच जारी छलफलपछिनै मात्र तय हुने बुझिएको छ ।