मङ्लबार, चैत्र १४, २०७९

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम केन्द्रीत हुँदै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं माघ १६,

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । सरकारको नेतृत्वकर्ता दल समेत रहेको माओवादी केन्द्रले आजका लागि पूर्वनिर्धारित स्थायी कमिटी बैठक मंगलबारलाई सारेर पदाधिकारी बैठक बोलाएको हो । बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेसंगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्राप्तिगरेसंगै अदालतको फैसलाको पूर्णपाठको समेत प्रतीक्षा नगरी उनले प्रम प्रचण्ड र सत्ता साझेदार दलका शिर्षनेतृत्वसंग भेटवार्ता गरि पुनः गृहमन्त्रीको दाबी गरेपछि माओवादीले पछिल्ला राजनीतिक घटनाक्रम   केन्द्रीत हुँदै  छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको सम्वद्ध स्रोतले जनाएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031