मङ्लबार, चैत्र १४, २०७९

आज शहीद सप्ताहको अन्तिम दिन : विभिन्न कार्यक्रम सहित शहीदको सम्झना गरिदै

काठमाडौं माघ १६,

मुलुकमा प्रजातन्त्र स्थापनासंगै जनताको हकाधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ । महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आज रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी गरी लैनचौरस्थित शहीद स्मारकमा गएर विशेष कार्यक्रम गर्दैछ ।

राणाशासकले शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, शहीद धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको माघ १६ गते सम्झना गरिन्छ । 

यसैवीच शहीद दिवसको अवसरमा काठमाडौं काँग्रेस वडा न १९ इकाइको संयोजनमा महानगर वडान १९स्थित शहीद निर्गुण स्थापितको स्मृतिमा काँग्रेस नेता राजुराज जोशी, वडा न १९का अध्यक्ष राजेश श्रेष्ठ लगायतका नेतागणले माल्यापर्ण सहित शहीदहरुको योगदान अमुल्य रहेको बताउदै शहीद गाँथामाथि प्रकाश पार्नु भएको थियो ।

त्यस्तै स्थानीय प्याफटोलमा गंगा क्लवको संयोजन एवम् काठमाडौं महानगर वडा न. १९को सहयोगमा स्थापना गरिएको शहीद गंगगालाल श्रेष्ठको अर्धकदको शालिकमा समेत माल्यापर्ण कार्यक्रमको आयोजना गरिएकोछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031