शुक्रबार, बैशाख १४, २०८१

शहीद सप्ताह : शहीद धर्मभक्तप्रति श्रद्धासुमन अभिव्यक्त

 काठमाडौं माघ १३,
शहीद सप्ताहका कार्यक्रमअन्तर्गत आज शहीद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको काठमाडौंस्थित सिफलमा एक कार्यक्रमकावीच उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ ।

विसं १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहाल, जन्मनुभएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा ३१ वर्षको युवा अवस्थामा विसं १९९७ माघ १३ गते, काठमाडौँको सिफल उकालोमा रहेको बकाइनोको रूखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

सप्ताहव्यपी कार्यक्रमअन्तर्गत यही माघ १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा आयोजना हुनेछ । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्तिवाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित शहीद पार्कमा पुगी ज्ञातअज्ञात सहितको सम्झनामा स्मृतिसभा गरिनेछ ।

श्रद्धाञ्जलीसभामा शहीद माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाका उपप्रमुख सुनिता डङ्गोल कामपा–७ का अध्यक्ष बिमलकुमार होडा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतले सम्बोधन गर्नु भएको थियो ।