शनिबार, बैशाख ८, २०८१

यस्तो छ बिजुलीमा निराजन र उपासनाको प्रेमकथा

काठमाडौं माघ १२ ,
बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ । उपासनाको यो पहिलो म्युजिक भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदै आएकी थिइन् । निराज भने पछिल्लो समयका व्यस्त मोडल हुन् ।

हरि हुमागाईँले निर्देशन उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधानको मिक्सिङ मास्टरिङ रहेको छ ।