शनिबार, बैशाख १५, २०८१

माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ माघ १२ ,
सत्तारूढ नेकपा माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामाबस्ने आजको बैठकमा मुलत नेकपा एमालेको समर्थनमा पार्टी अध्यक्ष प्रचण्ड नेतृतवको सरकार बनेयता भएको विकास र विस्तार संगै आसन्न राष्ट्रपतिको निर्वाचन र नेपाल समाजवादी पार्टीसँग एकताबारे छलफल हुने बताइएको छ ।

त्यस्तै आजको बैठकमा सत्ता साझेदार दलबीच यसअघि बनेको सहमति अनुसार राष्ट्रपति निर्वाचनमा एमालेले प्रस्तुत गरेका राष्ट्रपतिको उम्मेदवारलाइ समर्थन गर्ने कि नयाँ विकल्प रोज्ने भन्ने उल्झन समेतको निकास पहिल्याउँन पर्ने बाध्यता समेत माओवादी केन्द्रलाइ रहेको सम्वद्धस्रोतले जाएको छ।

यदि यसवीचमा सत्ता साझेदार दलबीचको सहमति भन्दै एमालेले आफ्नो कोटामा राष्ट्रपतिको उम्मेदवार तय गरे यसको प्रतिकुल प्रभाव माओवादी केन्द्रले व्यर्होनुको विकल्प रहदैन ।  यसअघि सभामुख समेत एमालेको उम्मेदवार भइसकेको र राष्ट्रपति पनि एमालेकै हुने हो भने नेकपा माओवादी केन्द्रले एमालेको प्रचुर दवदवा खेप्नुपर्ने हुन्छ । त्यस अर्थमा माओवादी केन्द्रले सुझबुझका साथ निर्णय गर्न सकेन भने सरकारको नेतृत्वमा रहेपनि स्वभाविक रुपमा एमालेको लाचार छाँया बन्ने प्राय निश्चित रहेको राजनैतिक पण्डितहरुको भनाइ रहेको छ।