शुक्रबार, बैशाख ७, २०८१

आज हनुमानढोका दरबारको नासल चोकमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने

काठमाडौं माघ १२,

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने वसन्त पञ्चमीका दिन हनुमानढोका दरबारको नासल चोकमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने प्रचलन रहिआएअनुरुप आज बिहान १० : ४७ बजेको शुभसाइतमा नासल चोकमा वसन्त श्रवण गरी मनाइँदैछ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुअघि राष्ट्राध्यक्षको रुपमा तत्कालीन राजाकोसवारी चलाइन्थ्यो । तर मुलुकमालोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने परम्पराको शुरवात भएको हो ।

बसन्त श्रवणको क्रममा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो भने नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

त्यस्तै वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्य। महानगरका जनप्रतिनिधिलगायतको उपस्थिति रहने हेरचाह अड्डाले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031