शुक्रबार, बैशाख १४, २०८१

नेता महराले भने -त्रिभुवन आफ्नो लागि छोरा जस्तै आत्मीय

काठमाडौं माघ १०,

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले यती एयरको जहाज दुर्घटनामा परि निधन भएका स्वर्गीय पत्रकार त्रिभुवन पौडेलका परिवारजनसंग भेटघाट गर्दै समबेदना व्यक्त गरेका छन् ।

घटनाको ९ औ दिनमा पोखरा पुग्नेबित्तिकै नेता महराले घटना स्थलको अवलोकन संगै आफ्ना महाराको विस्वासिलो पात्रको रुपमा चिनिदै आएका स्वर्गीय पत्रकार पौडेलको परिवार संग भेट्दै त्रिभुवन आफ्नो लागि छोरा समान रहेको र उनका परिवार आफ्नै परिवार जस्तै आत्मीय रहेको बताएका छन ।

महरा उपप्रधान तथा अर्थमन्त्रीको रुपमा रहदा पौडेलले प्रेस संयोजकको भूमिका समालेका थिए । त्यती बेला पनि उनले महरालाई अतुलनिय सहयोग गरेको र कुशलता पूर्वक कार्य गरेको हुनाले नै उनी आफुसंग निकट भएको महराले स्मरण गर्दै सानो उमेरमा नै केहि गर्छु भनेर आट गरेर छोटो समयमा नै सफलता हासिल गर्दै आएका पत्रकारको दुख निधनको घटनाले आफुलाइ स्तब्ध बनाएको बताउनुभयो ।

त्यस्तै नहुनु पर्ने घटना भैहाल्यो अब हामी केन्द्रिय स्तरमा बैठक राखेर उनको परिवार संगै जहाज दुर्घटनामा ज्यान गुमाउनु भएकाको परिवारलाई आफुहरुले गर्न सक्ने सहयोग गर्न पार्टी सधै तयार रहेको बताउनुभयो ।

साथै नेता महराले स्वर्गीय पौडेल कास्कीको लागि मात्र नभई नेपालकै लागि एउटा गहना थिए र उनको दुखद निधनले सिंगो रास्ट्र र पार्टीलाई नै अतुलनिय क्षति भएको हुदा उनको सम्झनामा केहि राम्रा कार्यको थालनी गर्नु पर्ने र उनको सम्झनामा पार्टीले केहि निर्णय गर्ने जनाउ समेत दिएकाछन ।