बुधबार, बैशाख १२, २०८१

बाजुरालाइ केन्द्रबिन्दु बनाउँदै ५.९ म्याग्नेच्युडको भूकम्प, दिल्लीमा पनि कडा धक्का महसुस

काठमाडौं माघ १०,
मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५।९ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशसंगै भारतको राजधानी नयाँदिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

त्यस्ते भूकम्प मापन केन्द्रले भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जनाएको छ।