शनिबार, बैशाख १५, २०८१

कांग्रेस पदाधिकारी बैठक : समयमै राष्ट्रपति निर्वाचनको प्रक्रिया अघि बढाउन माग

कांग्रेसलाई विपक्षी दलको मान्यता

काठमाडौं माघ ९,
नेपाली कांग्रेसको आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिदै पार्टी प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै कांग्रेसले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुने जानकारीदिदै यसका लागि कांग्रेसले संसद्मा रहेका अन्य दलसँग पनि सरसल्लाह गर्ने जानकारी समेत दिनुभयो ।

स्मरण रहोस राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ ।

यसैवीच संसद् सचिवालयले नेपाली कांग्रेसलाई कानुनअनुसार सेवासुविधा प्राप्त हुने गरि प्रमुख विपक्षी दलको मान्यता दिएको छ । यसअघि प्रम प्रचण्डलाइ विश्वासको मत दिएसंगै काँग्रेसको विपक्षी दलको मान्यता प्रति प्रश्न उठेको थियो ।