बिहिबार, बैशाख १३, २०८१

अदुवाको बीउ खरिदमा २ करोड रुपैयाँ भ्रष्टाचार गर्ने पूर्वमेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं माघ ९,
अख्तिायर दुरुपयोग अनुसन्धनन आयोगले स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बीउ खरिदमा २ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमेयर भूपराज अधिकारीसहित ६ जनाविरुद्ध बिषेश अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

आयोगले पूर्वमेयर अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा मनासिव कारण विना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई रु।१३ लाख नोक्सन हुने गरि महँगो मूल्यमा गुणस्तरहीन अदुवाको बीउ खरिद गरेको जनाएको छ ।

 त्यस्तै आयोगले नगर प्रमसख अधिकारी सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइरालाको मिलोमतोमा स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक पटक रु २करोड १४ लाख ५०हजार भुक्तानी दिएकोले आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचारको कसुर गरेको पुष्टि भएसंगै निजहरुविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

 साथै अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा।लि।, तीनकुने, काठमाडौं र उक्त प्रा।लि।का अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेले अदुवाको बीउ आपूर्ति गर्दा गुणस्तरीय एवं स्पेशिफिकेशन भन्दा विपरितको गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिने आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा।लि रकम्पनीका अख्तियारप्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेलाई अग्रीम आय करबापत कट्टा गरिएको घटाई कायम हुने रु।२, करोड दश लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ बिगो माग गर्दै मुद्धा दायर गरिएको जनाएके छ ।