बुधबार, माघ १८, २०७९

लामा, लिम्बु र राईलाई आदिवासी जनजाति चलचित्र विशेष सम्मान

 काठमाडौं माघ ७,
आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले क्याप्टेन तथा कलाकार विजय लामा, चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित गरेको छ ।

सम्मानित व्यक्तित्वले समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पु-याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

 यस्तै कार्यक्रममा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्री लगायतलाई पनि सम्मान गरिएको थियो ।

‘आदिवासी जनजाती चलचित्रको महत्त्व र आवस्यकता सम्बन्धि अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारण सभा’ नाम दिइएको कार्यक्रममा महासंघका प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ का संसद सदस्य इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो ।

चलचित्र विकास बोर्ड सह–आयोजक रहेको कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद अध्यक्ष पुर्खाजीत राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, सङ्गीत साधाना इटहरीका महासचिव राजु केसी लगायतका ब्याक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031