बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधिसभाको उपसभामुखका लागि काँग्रेसबाट मुक्ताकुमारी यादवको उम्मेदवारी

काठमाडौँ माघ ६,
शनिवार हुने प्रतिनिधिसभाको उपसभामुखका लागि नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादवले दर्ता गरेकी छन्। उनको प्रस्तावकमा काँग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन्।

त्यस्तै सत्तारुढ गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्। उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन्। साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन रहेका छन्।