शनिबार, बैशाख ८, २०८१

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा राना निर्वाचित

काठमाडौं माघ ७,
आज बसेको प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गरेको छ। बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो।  निर्वाचनको क्रममा  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानालाई उपसभामुखमा निर्वाचित गरेको हो।

उपसभामुखमा निर्वाचित रास्वपाकी रानाले १ सय ६६ मत पाएकी थिइन् भने नेपाली कांग्रेसकी उम्मेदवार मुक्ताकुमारी यादवले ९७ सय मत प्राप्त गरेकी थिइन्।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा९माओवादी केन्द्र०का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन रहेका थिए भने यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका थिए ।

यसअघि गत माघ ५ गते प्रतिनिधिसभाको बैठकले सभामुखमा सत्तागठबन्धनका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेलाइ निर्वाचित गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने   छ ।