शनिबार, बैशाख १५, २०८१

विश्वासको मतको विषयमा काँग्रेसले पुस २६ मा निर्णय लिने

सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय

काठमाडौ पुस २३,
पुस २५ बाट शुरु हुने संसद् अधिवेशनको बैठक लक्षित हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले सङ्घीय संसद्मा काँग्रेसले एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकमा पुस २६ गते नेकपा एमाले सहित सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतका लागि गर्नु प्रस्ताव लगायतका विषयमा प्रक्रियागत जानकारी कांग्रेसले आफ्ना सांसदहरूलाई जानकारी दिदै यसवीचमा निर्वाह गर्नु पर्ने भूमिका विषयमा अनुशिक्षण दिइएको थियो ।

त्यस्तै बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा प्रतिनिधिसभामा विजयी गराउनुभएकामा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन सहित बैठकले संविधानसभा सदस्य तथा पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोकप्रस्ताव पारित गरेको छ ।

दलको अर्को बैठक पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ । “विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय गर्ने काँग्रेसको तयारी रहेको छ।