शुक्रबार, चैत्र १६, २०८०

गृहमन्त्री लामिछानेले भने- म मात्र उच्चसुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन

हटाए आफ्नो सुरक्षामा खटिने  अगुवा पछुवा गाडी

काठमाडौं पुस २२,
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेले आफ्नो सुरक्षामा खटिने अगुवा र पछुवा गाडी हटाउँदै सुरक्षाका लागि एउटामात्र गाडी राख्ने निर्णय गरेका छन ।

त्यस्तै साथै गृहमन्त्रीको सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वको टोलीलाई पनि घटाएर प्रहरी नायब निरीक्षकको नेतृत्व सुरक्षाकर्मी राख्ने निर्णय गरेकोशुक्रबार साँझ आफ्नो सामाजीक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको हो ।

साथै उपप्रधान तथा गृहमन्त्री लामिछानेले व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्ने र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने सार्वजनिक प्रतिवद्धतासंगै साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको आफु सधै आलोचक भएको जनाउ सहित आकस्मिक अवस्थामा बाहेक यस्तो गतिविधि नहुँने जनाउँदै सधैँ ट्राफिक नियमको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै भैपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु आग्रह गर्नुभएकोछ ।