शनिबार, बैशाख १५, २०८१

चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने

 काठमाडौं पुस २१ ,
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी भएपनि विद्यार्थी सङ्गठनको सल्लाह सुझाव अनुसार चैत ५ गते सम्पन्न गर्ने गरि निर्वाचनको तयारी गरेको हो ।

यद्यपी त्रिवि कार्यकारी परिषद्को अव बस्ने बैठकले प्रस्तावित मितिलाइ अनुमोदन गरेसंगै स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माहौल बन्ने छ।

६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेको त्रिविमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन नसकेको अवस्थालाइ दृष्टिगत गर्दै विद्यार्थी सङ्गठनसंगको छलफल पछि स्ववियु निर्वाचनको मिति सिफारिस गरिएको हो ।