शुक्रबार, चैत्र १६, २०८०

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन

काठमाडौं पुस २१ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले वाणिज्य तथा आपूर्ति सचिव एवम् नेपाल आयल निगमका अध्यक्षलाई ठाडो निर्देशन दिनुभएको हो ।

यद्यपी चौतर्फी दवावका वाजुद पनि निगमले रु १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै तत्काल मूल्य घटाउन नसकिने जनाउ सहित मूल्य घटाउन अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन तयार नभएपछि प्रधानमन्त्रीले ठाडो निर्देशन दिन परेको प्रम सचिवालयले जनाएको छ।