बुधबार, बैशाख २६, २०८१

काँग्रेस नेता कोइरालाद्दारा अविलम्ब नीति अधिवेशनको माग

काठमाडौं पुस १७,
वीपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आइतबार विराटनगरमा आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक गोष्ठीलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अविलम्ब नीति अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै नेता डा कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले नेकांले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिदै नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तर्क्रिया गर्न समेत आग्रह गर्नुभएको छ।

केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताए । समाजका अध्यक्ष दीपक लोहनी, पूूर्वमन्त्री शिवकुमार बस्नेत, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले ‘नेतृत्वले निर्वाचनमा गठबन्धन किन गरियो र किन जोगाउन सकिएन’ भन्न्े विषयमा जनतालाई प्रस्टरुपमा जानकारी दिनुपर्नेमा जोड दिए ।