शुक्रबार, बैशाख १४, २०८१

कांग्रेसका नवनिर्वाचित संघीय सासंद गुरुङ निलम्बित

काठमाडौं पुस १२,
सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसका नवनिर्वाचित संघीय सासंद टेकबहादुर गुरुङलाइ निलम्बन गरेको छ। सङ्घीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले आज एक सूचना जारी गर्दै सासंद गुरुङविरुद्ध विशेष अदालतमा २०७५ माघ माघ २१ गते दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागिनसकेको अख्तियारबाट पत्र प्राप्त जनाएको छ ।

त्यस्तै सचिवालयबाट जारी सार्वजनिक सूचनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन, २०४८ को दफा घ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा घ ले राष्ट्रसेवकविरुद्ध दायर भएको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था अनुरुप सांसद गुरुङ निलम्बनमा पर्नुभएको उल्लेख गरिएको छ ।