शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ उपत्यकासहित तराईका विभिन्न जिल्ला बाक्लो हुस्सुको चपेटामा

 काठमाडौं पुस ७,
मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको जनाएको छ ।

महाशाखाल आज प्राय पश्चिम तराईका जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम यसैगरी मध्य तराईका जिल्लामा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्व तराईका जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा बिहानैदेखिको हुस्सुका कारण हिँडडुलमा समेत समस्या भएको जनाउँदै यसवीचमा कुहिरोका कारण तराईका जिल्लामा जनजीवन समेत प्रभावित भएको जनाएको छ ।

यद्यपी हुस्सु सहितको मौसमी उतारचढाव मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने जनाउदै महाशाखाले काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण प्रभावित भएको जनाएकोछ ।