बुधबार, बैशाख १२, २०८१

संघीय संसदका नवनिर्वाचित सदस्यहरुलाइ पद तथा गोपनीयताको शपथ

काठमाडौं पुस ७,

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष कार्यक्रममा ज्येष्ठ सदस्यको हैसियतमा जबराले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७४ सांसदलाइ शपथ दिलाउँनु भएको हो ।

संसद् सचिवालयले शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोशाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए भने २६ जना संघीय सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएको जनाएको छ ।

यसअघि सङ्घीय संसद् भवनमा बसेको सर्वदलीय बैठकमा संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए । तस्बिरः :रासस