शुक्रबार, बैशाख १४, २०८१

८९ जना काँग्रेसका संसदमध्ये संसदीय दलको निर्वाचनमा को कस्को पक्षमा ?

काठमाडौं पुस ६ ,

नेपाली काँग्रेकास संसदीय दलको नेता चयनका लागि आज हुँदै गरेको मतदानमा मतदाता रहेका नेपाली काँग्रेसका नव निर्वाचित ८९ जना संसद सदस्य मध्ये सभापति शेरबहादुर देउवालाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शशाङ्क कोइराला,प्रकाशमान सिंह र विमलेन्द्र निधिको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।

त्यस्तै महामन्त्री थापालाइ डा शेखर कोइराला र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थन रहेको छ । संसदीय दलको अङ्क गणित अनुसार देउवालाई करिब ७६ सांसदको समर्थन रहने जनाउ सार्वजनिक हुँदै गर्दा महान्त्री थापाको अवस्था पनि नाजुक नभएको काँग्रेस जनहरुको भनाइ रहेको छ ।

यद्यपी देउवा समूहबाट गरिएको प्रचार आफैमा निर्वाचनपरिणाम पछि प्रष्ट हुने भन्दै यसपटकको निर्वाचनमा काँग्रेसजनले नयाँ आयाम कोर्ने दावी गरेका छन ।

त्यस्तै नेपाली काँग्रेसका एक पूराना नेताले हामीसंगको भेटमा भने विगतमा पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएकाले यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने परम्परागत धारणाबाट प्रभावित नेता काँग्रेसवृतमा रेहका कारण स्थित केहो भन्ने सहजै वोध गर्न सक्ने जनाउ दिदै भने निर्वाचनको परिणामको प्रतिक्षा गरौं ।