शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारीले आज ज्येष्ठ सांसद पशुपतिशमशेरलाई शपथ गराउने

काठमाडौं पुस ६ ,

राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन मार्फत संघीय सदस्यमा नवनिर्वाचित ज्येष्ठ सांसद मध्ये पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने भएकोछ ।

राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा निर्वाचित संसदसदस्य मध्ये राणाको जेष्ठ सदस्य रहेका छन ।

सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्दै ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउने परम्परा अनुसार राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।