शुक्रबार, बैशाख १४, २०८१

आज काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान हुँदै

काठमाडौं पुस ६ ,

आज संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको निवौचन समितिले जनाएको छ। संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

प्रस्त्ुत निर्वाचनमा नेपाली काँग्रेसका नव निर्वाचित ८९ जना संसद सदस्यले मतदान गर्नेछन । मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।