शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र थापाको उम्मेदवारी

दलको नेता बन्नका लागि ४५ सासंदको मत आवश्यक

काठमाडौं पुस ५ ,
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा आज भएको मनोनयन दर्ताको क्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले आआफ्नो उम्मेदवारी दर्ता गराउँनुभएको छ।

प्रधानमन्त्री देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ छने महामन्त्री थापाको प्रस्तावकमा डा।नेता शेखर कोइराला र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थन रहेको छ ।

निर्वाचन समितिले बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानमा कांग्रेसका ८९ जना सांसदले मतदान गर्ने र दलको नेता चुन्नका लागि ४५ सासंदको मत प्राप्त गर्नुपर्ने जनाएको छ।