शुक्रबार, बैशाख १४, २०८१

ज्यापु दिवस

काठमाडौं मंसिर २२ ,
मार्गशुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमाका दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।
मुलत नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवारी भाषामा यो: मरी पुन्हि भनिन्छ । यो दिन विशेष प्रकारको परिकार योमरी बनाएर खाने गर्दछन । चामलको पिठोबाट बनाइएको योमरीमा तिल, चाकु र खुवा राख्ने गरिन्छ ।