बिहिबार, बैशाख १३, २०८१

महाभियोगको प्रस्ताव निष्प्रभावी पत्र प्रकरण विरुद्धको रिट निवेदनमा आज सुनवाइ हुँदै

काठमाडौँ मंसिर२३ ,

सर्वोच्च अदालतमा निलम्बित प्रन्या चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले मंसिर २१ गते प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायमा महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै लेखेको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की लगायतले बुधबार उक्त पत्र बदर गर्न माग राख्दै रिट निवेदन उपर  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

दायर रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने जिकिर सहित महासचिवले संविधानको मर्म एवम् गैरकानुनीरूपमा लेखेको पत्र र निर्णय बदर गर्न माग गरिएको छ ।