शुक्रबार, बैशाख १४, २०८१

महानगरको भित्री सहरी क्षेत्रको सम्पदाको जानकारीका लागि [न्यासी वने नू ]महसुस यात्राको आयोजना

काठमाडौँ मंसिर २३ ,
२८ औँ महानगर दिवसको साताव्यापी कार्यक्रम अन्र्तगत आज काठमाडौं महानगरको सम्पदा तथा पर्यटन विभागले आज जमल कमलाक्षीदेखि हनुमानढोका दरबारसम्मको महसुस   [न्यासी वने नू] यात्राको आयोजना गरेको छ ।

कार्यक्रममा महानगर प्रमुख वालेन्द्र साह, वडा न १७ का अध्यक्ष समेत रहेका महानगर प्रवक्ता नविन मानन्धर, संस्कृति पर्यटन समितिका संयोजक आशामान संगत, वडा २७ का अध्यक्ष योगेश खड्गीसहित कार्यपालिका सदस्यहरुको समेत सहभागीतामा उक्त कार्यक्रम समपन्न भएको हो ।  कार्यक्रममा स्थानीय वडाका स्थानीयको समेत व्यापक  सहभागीता संगै चोक-चोकमा  यात्राका सहभगीहरुलाइ पुष्पवर्षा गर्दै स्वागत समेत गरिएको थियो ।

महसुस यात्राको मुलत लक्ष्य भनेको महानगरको भित्री वडामा रहेको मुर्त तथा अर्मुत कला संस्कृति संगै यहाँके विहार डवली एवम् पुरातात्विक महत्व भएका भौतिक संरचनाको विषयमा प्रचार प्रशार तथा यसको गरिमाको व्यख्या सहित भित्री सहरी क्षेत्रको सामाजिक व्यवस्था र सम्पदा संरक्षण गर्नु रहेको महानगरका स्थानीय जनप्रतिनिधिीको भनाइ रहेको छ ।

त्यस्तै महसुस यात्रामा युवाहरुको आकर्षण बढाउन यात्राका सहभागीहरुले यात्राको क्रममा निर्माण गरिएको भिडियोमध्ये उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने योजना समेत रहेको महानगरले जनाएको छ।