मङ्लबार, चैत्र ६, २०८०

फिल्म हलमा विश्वकप फुटबल देखाउने र नदेखाउने विषयमा बोर्ड र संघवीच जुहारी

वोर्ड भन्छ -विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही
संघ भन्छ – बोर्डको तर्फबाट प्राप्त अनुमति अनुसार भएको तयारी

काठमाडौं मंसिर २३ ,

चलचित्र विकास बोर्डले कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन र्निर्देशन दिएको छ।
हलले विश्वकप देखाउने तयारी गरेसंगै बोर्डले शुक्रबार सरोकारवालाको नाममा पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको हलमा विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएको हो ।

त्यस्तै वोर्डले लेखेको पत्रमा चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची–७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड–७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरेको जनाउ सहित वोडबाट जारी सकुर्लर विपरितका कार्य भएगरे कारबाही गर्ने चेतावनी दिँदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई समेत दिएको छ ।

यसैवीच वोर्डको सकुर्लर जारी भएसंगै नेपाल चलचित्र सङ्घले वोर्डको यस किसिमको निर्णयप्रति आपत्ती जनाएको छ । संघका महासचिव नरेन्द्र महर्जनले बोर्डकै तर्फबाट यसअघि विश्वकप देखाउन अनुमति पाएपछि तयारी थालिएको जनाउँदै पछि सिनेमा हलमा विश्वकप नदेखाउ भन्नु आफैम विरोधाभाष पूर्ण भएको बताएका छन ।

यसरी कतारमा जारी विश्वकप फुटबल सिनेमाघरमा देखाउने वा देखाउने विषय पछिले समय विवादास्पद बनेको छ। साथै महर्जनले बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरूलाई बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्मसरह प्रदर्शन गर्नका लागि कोडसहितको मेल गर्नुभएको जानकारीदिदै यसको लागि स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर तयारी भएका कारण सङ्घले पूर्वनिर्धारित एवम् पूर्व तयारी कार्यक्रमअनुसार इच्छुक हललाई विश्वकप देखाउन आव्हान गरेको छ ।