शुक्रबार, बैशाख १४, २०८१

समानुपातिकतर्फको सिट बाँडफाँट प्रारम्भिक तयारी हुँदै,कसले कति पाए सिट?

थ्रेस होल्ड : प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत

काठमाडौं मंसिर २१,
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले थ्रेसहोल्ड को सिमा पारगर्दै दलहरुले प्राप्त गरेको मत भारका आधारमा प्राप्त गर्ने सिट सङ्ख्या निर्धारणको तयारी गरेको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार भइसकेको जनाउँदै आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतिको कार्यालयबाट लिखतरूपमा प्राप्त विवरणलाई भिडाएर प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी सिट निर्धारण गर्दै अलगअलग परिणाम प्रतिवेदन तयार गर्ने जानकारी दिएको छ।

प्रतिवेदन तयार भएलगत्तै आयोगले बुधबार सम्बन्धित दललाई दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि पत्राचार गर्ने जनाएको छ। त्यसपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने जनाएको छ।

यसैवीच प्राप्त मत विवरण अनुसार नेकपा एमाले प्राप्त गरेको मत सख्या अनुसार समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ।त्यस्तै कांग्रेसले ३२ सिट , माओवादी केन्द्रले माओवादीले १४ सिट, रास्वपाले १३ सिट , राप्रपाले ७ सिट र जनमत पार्टी र जसपाले ५/५ सिट पाउने प्रारम्भिक अनुमान रहेको छ।