बुधबार, बैशाख २६, २०८१

निर्वाचनको सबै प्रक्रिया नटुंगिएसम्मआचारसंहिता जारी रहन्छ :आयोग

काठमाडौं मंसिर १८,
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्नताका लागि जारी गरिएको आचारसंहिता पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म लागू हुने जनाएको छ।

त्यस्तै आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानुनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो।

साथै आयोगले एकाध क्षेत्रको समानुपातिक निर्वाचन प्रणालीको मत गणना जारी रहेको जनाउ सहित समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको छिनोफानो भएसंगै प्राप्त मतको आधारमा निर्वाचनमा भाग लिएक दललले बुझाएको बन्दसूची अनुरुप समानुपातिक सदस्य निर्वाचित गर्दै आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम नबुझाएसम्म आचासंहिता कार्यान्वयनमा रहेको प्रष्ट पारेको हो ।