मङ्लबार, बैशाख ४, २०८१

मौजुदा सत्ता गठबन्धनलाइ निरन्तरता दिने माओवादी पदाधिकारी बैठकको निर्णय

काठमाडौं मंसिर १८,
नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले आगामी सरकार निर्माणमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । पदाधिकारी बैठकमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको सम्वद्ध स्रोतले जनाएको छ।

माओवादी केन्द्रको आजको बैठकमा नयाँ सरकार निर्माणका लागि मौजुदा सत्ता गठबन्धनको निरन्तरतानै पार्टीको प्राथमिकता रहने तत्काल मौजुदा गठबन्धनको विकल्प खोज्न नहुँनेमा नेताहरु विस्वस्त रहेको बैठकपछि नेता देव गुरुङले जानकारीदिनुभयो ।

यद्यपी शनिवार बसेको बैठकले भने माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकार निर्माणका लागि सबै विकल्प खुला राखेको जनाउ दिनुभएको थियो ।