शनिबार, बैशाख ८, २०८१

निर्वाचनमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन काँग्रेसको निर्देशन

काठमाडौं मंसिर १८,
नेपाली कांग्रेसले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची आगामी पुस १५ गतेभित्र केन्द्रमा पठाउन मातहतका संगठनलाइ निर्देशन दिएको छ ।

सम्पनन निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन जारी गरिएको हो ।