शुक्रबार, बैशाख १४, २०८१

अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी ३५ लाख रूपैयाँ ठगी गर्ने श्रेष्ठ र ओली पक्राउ

काठमाडौं मंसिर १२,
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप नगरपालिका९५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका ३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका अभियुक्तद्दयले अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेश राजलाई प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन रहेका धन कुमारीलाइ ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेको उपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको जनाएके छ ।