शनिबार, बैशाख ८, २०८१

यसरी हुन्छ प्रतिनिधिसभा सदस्यको ११० समानुपातिक सिटको बाँडफाँड

काठमाडौं  मंसिर ४,  

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ  आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना  सकिएसंगै  समानुपातिक प्रणाली मार्फत   प्रतिनिधि सभा सदीयको   ११० सिटमा   कुन दलले समानुपातिक सिट पाउँने चर्चा परिर्चा शुरु भएको  छ।

 प्रतिनिधि सभाको ११० वटा समानुपातिक सिटको बाँडफाँडका  विषयमा  प्राप्त जानकारी अनुसार   खसेको  मतको  सदर मतमध्ये   ३ प्रतिशत  थ्रेसहोल्ड मत कटाउादै   कुनै दलले  सामान्य भाषा  १० लाख मत पप्त गरेको  छ भने  १३ सिट,  १५ लाख मत प्राप्त गरेको  छ भने  १९ सिट,२० लाख मत  प्राप्त गरेको  छ भने  २६ सिट,   २५ लाख मत गरेको  छ भने    ३२ सिट र   ३० लाख मत  प्राप्त गरेको छभने   ३८ सिट पाउने  अवस्था रहेको  रहेको  छ ।

स्मरण रहोस,   यसवीचमा  थ्रेसहोल्ड  अर्थात लगभग  ३ लाख वा सो भन्दा बढी  मत प्राप्त गर्न नसकेको अवस्थामा  जतिसुकै मत प्राप्त गरेपनि त्यसको कुनै गणना हुँदैन ।  त्यस्तै २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचनमा सहभागी ४४ दल मध्ये जम्मा ६ वटा दलहरुले थ्रेसहोल्ड कटाएका थिए भने ३८ वटा दलले प्राप्त गरेको मत खेर गएको थियो ।

समानुपातिक सिटको बाँडफाँडको सूत्र  कुल मत मध्ये -खसेको मतको र यसमा पनि सदर मत-सदर मत मध्ये थ्रेसहोल्ड =सिटको बाँडफाँड