शुक्रबार, बैशाख १४, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रोत नखुलेको नगद सहित अली पक्राउ

काठमाडौं मंसिर ११,
नेपाल प्रहरीले काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको उडानद्धारा विराटनगर जान लागेका भारत घर भएका अकबाल अलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अलीलाई श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विराटनगर जान लागेको अलीलाइ चेक जाँच गर्ने क्रममा १ हजार दरको ४ सय ८४ थान र ५ सय दरको १ हजार ८ सय १० थान समेत गरी जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित पक्राउ गरि यससम्बनधमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।