मङ्लबार, बैशाख ११, २०८१

आम निर्वाचन १६५ मध्ये १५७ क्षेत्रको मत परिणाम सार्वजनिक

काठमाडौं मंसिर ११,

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत प्रतिनिधि सभा तर्फको १६५ क्षेत्रमध्ये १५७ वटा क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । बाँकी निर्वाचन क्षेत्रको मतपरिणाम आज साँझसम्म सार्वजनिक भइसक्ने अनुमान निर्वाचन आयोगको रहेको छ।

त्यस्तै निर्वाचन परिणाम घोषणा हुन बाँकी निर्वाचन क्षेत्र मध्ये रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रमात्र बाँकी रहेको आयोगले जनाएको छ।

त्यस्तै निर्वाचन परिणाम घोषित निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले सबै भन्दाबढी ५३ स्थानमा , ४२ स्थानमा निर्वाचित हुँदै नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जित्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थान , लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान, नागरिक उन्मुक्ति पार्टीले ३ स्थान, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ स्थानमा मा जित निकालेका भने ५ स्थानमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन ।