सोमवार, बैशाख २४, २०८१

ललितपुर २ को ख प्रदेशसभामा कांग्रेसका उम्मेदवार चित्रकार निर्वाचित

काठमाडौं मंसिर ६,
ललितपुर निर्वाचन क्षेत्र नं २ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ । सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई एक सय ६३ मतान्तरमा पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचित उम्मेदवार चित्रकारले छ हजार नौ सय ९५ मत प्राप्त गदैगर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले छ हजार आठ सय ३२ मत प्राप्त गरेको हो ।