बिहिबार, चैत्र १६, २०७९

मतगणना जारी एक सय ४७ क्षेत्र मध्ये कांग्रेस ४८, एमाले ३६ र माओवादी १८, स्थानमा अगाडि

 काठमाडौं मंसिर ६,
निर्वाचन आयोगल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी रहेको जनाएको छ ।

जारी मतगणनाको प्राप्त मतपरिणम अनुसार कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि रहेका छन् भने एमालेका उम्मेदवारले ३६ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै माओवादी केन्द्रले १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा एसले सात र अन्य उम्मेदवार २४ स्थानमा आफ्नो अग्रता कायम गरेको आयोगले जनाएको छ।

त्यस्तै आयोगले पछिल्लो समयमा काठमाडौ १ मा  नेपाली काँग्रेसका प्रकाशमान सिंह काठमाडौ ४ मा गगन थापा, काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ , मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली   निर्वाचित भइसक्नुभएको जनाएको  छ।

प्रदेशसभाको प्रत्यक्षतर्फ विभिन्न प्रदेशमा काँग्रेसले सात स्थानमा एमाले ३ स्थानमा , जनमत पार्टीले दुइ स्थानमा , स्वतन्त्र एक स्थानमा निर्वाचित भइसकेका छन । साथै कांग्रेस ६३ स्थानमा आफ्नो अग्रता कायम गरेका छन भने एमलेले ६९ स्थानमा , माओवादी ३१ स्थानमा अग्रता कायम गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031